४ वटा सवारीसाधन आपसमा ठोक्किए, मोटरसाइकल जल्यो



काठमाडौँ । काठमाडौँको जमलस्थित सिद्धि भवन अगाडि दुई वटा भ्यान र दुई वटा दुई पांग्रे सवारी आपसमा ठोक्किएका छन् ।

केशरमहलबाट जमलतर्फ जाँदै गरेको कुरियर भ्यान, केशरमहलतर्फ जाँदै गरेको ५३८१ नम्बरको स्कुल भ्यान र जमलतर्फ जाँदै गरेको बागमती प्रदेश ३९६७ नम्बरको विद्युतीय स्कुटर मंगलबार एकआपसमा ठोक्किएका हुन् ।

जमलबाट केशरमहल तर्फ जाँदै बा.३५ प ९१४४ नम्बरको मोटरसाइकल पनि ठोक्किएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

स्कुल भ्यान जमलबाट केशरमहल तर्फ जाँदै थियो । दुर्घटनामा परेर ४ जना घाइते भएका छन् ।

एक जना महिलालाई उपचारको लागि ट्रमा सेन्टर पठाइएको र ३ जनाको जमल स्थित ग्रान्डीसिटीमा उपचार भइरहेको एसपी भट्टराईले जानकारी दिए । मोटरसाइकल पूर्ण रूपमा जलेको छ ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्