साफ महिला च्याम्पियनसिप : आज नेपाल र भुटान तथा बंगलादेश र भारत खेल्दै



काठमाडौं । १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

पोखरा रंगशालामा मध्याह्न १२ बजे हुने पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भुटानसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भुटान दुवैले यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए ।
त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन् ।

प्रतियोगितामा यस पटक चार टोलीले मात्र सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: १९ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्