बेलायतमा नेपाली विद्यार्थीको निधन



लन्डन, माघ २० । बेलायत पढ्न पुगेका एक नेपाली विद्यार्थीको निधन भएको छ ।

सप्तरीको हनुमाननगर, कंकालिनी–१० घर भएका २२ वर्षीय विवेकानन्द मण्डलको सन्डरल्याण्ड रोयल हस्पिटलमा उपचारका क्रममा निधन भएको हो ।

मण्डल सन् २०२३, सेप्टेम्बरमा कम्प्युटर साइन्समा अण्डरग्रयाजुएट पढ्न आएका थिए । उनी केही महिनादेखि फोक्सो र श्वासप्रश्वास समस्याबाट पीडित थिए । सन्डरल्याण्ड रोयल अस्पताल सोमबार उनको मृत भएको हो ।

एनआरएनए यूके अध्यक्ष राजेन्द्र पुडासैनीले परिवारको आग्रह बमोजिम स्वर्गीय मण्डलको शव नेपाल पठाउन प्रक्रिया शुरु गरिने बताए ।

प्रकाशित मिति: २० माघ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्