निर्वाचनको मुखमा भारतबाट ग्यास नआउँदा बजारमा चरम अभाव, मारमा उपभोक्ता
काठमाडौं । निर्वाचनको मुखमा बजारमा खाना पकाउने एलपी ग्यासको अभाग देखिएको छ । दुई सातादेखि बजारमा ग्यास कम आएको व्यापारीहरु बताउँछन् । बजारमा अहिले विशेष गरी नेपाल ग्यासको अभाव चरम रूपमा देखिएको छ ।
ग्यास नपाउँदा उपभोक्ता मारमा परेका छन्। भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको चर्को अभावको सामना उपभोक्ताले गर्नुपरेको छ।
नेपाल ग्यासका विक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिन्डर बोकेर उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन्। दैनिक सयौँ उपभोक्ता कार्यालयमै पुग्दा पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ ।
बिहान देखी दिनको २ बजे सम्म मात्र ग्यास वितरण गरिने सो कार्यालयमा अहिले दैनिक सयौँ उपभोक्ताहरू लाम बस्ने गरेका छन् ।
तीन दिन अघि मात्रै भारतले नयाँ मूल्यसूची पठाउँदै एलपी ग्यासमा प्रति सिलिन्डर ४५.४९ रुपैयाँ बढाएको थियो ।
प्रकाशित मिति: २० माघ २०८२, मंगलबार
















