फेसबुकमा घण्टीलाई भोट माग्ने प्रहरी हवल्दार कारबाहीमा
काठमाडौं । सामााजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई भोट मागेपछि एक प्रहरीमाथि कारबाही हुने भएको छ ।
पर्सामा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेलले रास्वपाका लागि भोट मागेपछि उनीमाथि कारबाही प्रक्रियाअघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साकाका अनुसार पटेलले राजनीतिक दलको प्रचार गर्दै भोट मागेका थिए । सञ्जालमार्फत भोट मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा झिकाइएको हो ।
उनी जिल्ला प्रहरी कार्यालय पर्सा मातहतकै युनिटमा कार्यरत थिए । पटेलले रास्वपाको चुनाव चिन्ह घण्टीका लागि भोट मागेका थिए ।
प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार
















