विदेश पठाउने भन्दै साढे १७ लाख ठगी गर्ने दुईजना पक्राउ



काठमाडौं । रोजगारीका लागि विदेश पठाउने भन्दै साढे १७ लाख रुपैयाँ ठगी गर्ने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हीरा तामाङ रहेका छन् ।

रोजगारीका लागि अस्ट्रेया र स्लोभाकिया पठाउने भन्दै ठगी गर्ने लामिछाने र तामाङलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकामध्ये लामिछानेले अस्ट्रेलिया पठाउने भन्दै नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै आठ लाख ५० हजार लिई सम्पर्कविहिन भएका थिए ।

विदेश नपठाई सम्पर्कविहिन भएको भन्ने पीडित पक्षको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैजनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।

प्रकाशित मिति: २३ माघ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्