थाक्रेमा यात्रुवाहक बस एकआपसमा ठोक्किदा एक जनाको मृत्यु, दुईजना घाइते



धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिकास्थित महादेवबेँसी नजिकै दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दाङबाट काठमाडौं आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५ ५२ नम्बरको बस र काठमाडौंबाट त्रिशुली जाँदै गरेको बागमती ००६ ख ५२०८ गरेको बस ठोक्किदा दुर्घटना भएको हो।

दुई बस एक आपसमा ठक्कर खाइ अनियन्त्रित हुँदा दाङ बाट काठमाडौं आउदै गरेको बस स्थानीयको पसलभित्र छिरेको थियो।

सोही पसलमा चिया पिउन लागेका धादिङ धुनिवेशी नगरपालिका-९ स्याउलेका ३५ वर्षीय सुजन तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका उनलाई ट्रमा सेन्टर पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।

यस्तै सोहि दुर्घटनामा पसलका सञ्चालक बाँकेको वैजनाथ गाउँपालिका-१ का ५४ वर्षीय खगेश्वर शर्मा र रसुवा जाँदै गरेको बसमा सवारी ८ वर्षीय सफलता पुलामी मगर घाइते भएको प्रहरीले जनाएको छ ।

अहिले घाइतेको उद्धार गरि काठमाडौं पठाइँएको जिल्ला जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्