गृहमन्त्री अर्याल भन्छन् – सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण छ



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सक्षम र सुदृढ प्रहरी संगठनका लागि रणनीतिक सम्मेलन महत्त्वपूर्ण भएको बताएका छन् ।

नेपाल प्रहरी रणनीतिक सम्मेलन-२०८२ को आज उद्‌घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी प्रदर्शनका कारण भौतिक र मानसिक रूपले कमजोर बनेका प्रहरीको मनोबल उच्च बनाउन यस्ता सम्मेलनले सहयोगी भूमिका खेल्ने बताए ।

उनले आम नागरिकको अपेक्षाअनुसार प्रहरी संगठन बनाउन यस्ता सम्मेलनले सहयोग पुग्ने बताए।

गृहमन्त्री अर्यालले सम्मेलनबाट आएका राय सुझावलाई समेटेर अगाडि बढ्न गृह मन्त्रालयको साथ र सहयोग रहने बताए।

प्रहरी व्यवस्थापन र परिचालनमा देखिएका समस्याको सम्मेलनमा गहन छलफल हुने उनले विश्वास लिए।

प्रकाशित मिति: २५ माघ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्