पूर्वमेयर बालेन साहको घरमा चोरी गर्ने तीन जना पक्राउ, नख्खु कारागारबाट फरार कैदी मुख्य चोर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) को घरमा चोरी गर्ने तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तीन जनालाई पक्राउ गरेको एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी गराएका हुन् ।
झापा-५ बाट चुनाव लड्ने तयारीमा रहेका बालेन चुनावी प्रचारका लागि कर्णाली उनकी पत्नी सविना काफ्ले झापा गएको मौका पारेर माघ १७ गते राजधानीको मण्डिखाटारमा रहेको घरमा अज्ञात समूहले गेटको ग्रिल फुटाएर चोरी गरेको थियो।
साँझ बालेनको मामा ससुराका छोराले घर पुग्दा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी पाएलगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालय, महाराजगञ्ज प्रहरी वृत्त र प्रहरी परिसरको टोली अनुसन्धानका लागि खटिएको थियो।
प्रहरीका अनुसार पक्राउ परेकाहरुबाट ल्यापटप, सिसीटिभी क्यामेरा, फुटेज रेकर्ड हुने डिभिआर मेसिन बरामद भएको छ ।
चोरीमा संलग्न मुख्य व्यक्ति जेनजी आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी रहेको प्रहरीले बताएको छ । अनुसन्धान जारी रहेको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति: २५ माघ २०८२, आइतबार
















