निर्वाचन परिणाम दलका दाबीभन्दा १८० डिग्री भिन्न आउँन सक्छ : गोकुल बास्कोटा



काठमाडौं । जापानको आम निर्वाचनको नतिजालाई नेपालको राजनीतिक सन्दर्भसँग जोड्दै नेकपा एमालेका नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत तिखो टिप्पणी गरेका छन् ।

जापानमा भएको निर्वाचनमा प्रधानमन्त्री साने ताकाइची नेतृत्वको लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले ऐतिहासिक जित हात पारेको छ ।

जापानको प्रतिनिधि सभामा कुल ४६५ सिटमध्ये एलडीपीले एक्लैले ३१६ सिट जितेको जनाइएको छ । जापानमा सरकार गठनका लागि २३३ सिट बहुमत आवश्यक पर्छ ।

जापानको यो परिणामलाई उदाहरण दिँदै एमाले नेता बास्कोटाले सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेपालमा पनि चुनावी परिणाम अनुमानभन्दा फरक आउन सक्ने संकेत गरेका हुन् ।

उनले लेखेका छन्, ‘प्रमका दावेदार पाँच छन्। तर कस्ले जापानी प्रम ताकाईचीको जस्तो ४४५ मा ३१० सिटको पहिरो चलाउने जित निकाल्लान त ? यो चुनावको परिणाम परम्परागत अनुमान र दलका दावी भन्दा १८० डिग्री भिन्न पनि आउँन सक्छ। खोक्न त जति पनि पाइयो नि !’

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्