बर्दियामा ट्रयाक्टर पल्टिएर एकजनाको मृत्यु



सन्दिप कुमार बैश्य
बर्दिया । बर्दियामा ट्रयाक्टर पल्टिएर एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । ट्रयाक्टर पल्टिएर बाँसगढी नगरपालिका– ८ का १४ वर्षीय रोशन थारूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

सोमबार साँझ साढे ६ बजेको समयमा बाँसगढी नगरपालिका– ९, रिहारको भित्री सडक खण्डअन्तर्गत थुमनीबाट माछागढ आउँदै गरेको ट्राक्टर रुखमा ठोक्किएर पल्टिँदा ट्रयाक्टरमा सवार रहेका थारूको ज्यान गएको हो।

त्यसैगरी, ट्रयाक्टर पल्टिएर बाँसगढी नगरपालिका– ८ का ११ वर्षीय रितिक विक र १३ वर्षीय सुशान्त थारू र बढैयाताल गाउँपालिका– ४ का ६० वर्षीय बुद्धिराम थारू घाइते भएका हुन् ।

घाइते हुनेहरूको बाँसगढी बजारमा रहेको कौशिल्या अस्पतालमा उपचार भइरहेको छ ।’ घाइतेहरूको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति: २६ माघ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्