डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते



डोल्पा । डोल्पामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

आज बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जिउगाउँदेखि त्रिपुराकोट आउँदै गरेको ग१ज ८०९९ नम्बरको बोलेर जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा त्रिपुरासुन्दरी–३ जिउगाउँकै अन्दाजी ४५ वर्षीय धनचन्द्र धराला रहेका छन् ।

यस्तै, दुर्घटनामा परी जिउगाउँकै अन्दाजी ३८ वर्षीय सुकलाल गुरुङ, त्रिपुरासुन्दरी–४ रंगकी ४५ वर्षीया रमा बोहोरा र चालक २५ वर्षीय एलिस बुढाथोकी घाइते भएका छन् ।

घाइतेहरुको उपचार भइरहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको डोल्पा प्रहरीले जनाएको छ ।

यस्तै आज दाङको देउखुरी कालाकाटे क्षेत्रमा अटोरिक्सा र टिपर एक आपसमा ठोकिँदा अटोरिक्साका चालकको मृत्यु भएको छ भने अन्य पाँचजना यात्रु घाइते भएका छन्।

मृत्यु हुनेमा गढवा गाउँपालिका–१ कालाकाटेका ३६ वर्षीय अटोरिक्सा चालक जोरकुमार पुन रहेका छन्।दुर्घटनामा संलग्न टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको छ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्