कांग्रेसले बोलायो अनुशासन समितिको पहिलो बैठक, बागीलाई उम्मेदवारी फिर्ता लिन दबाब



काठमाडौं । नेपाली कांग्रेसले आउदो शुक्रबार केन्द्रीय अनुशासन समितिको पहिलो बैठक बोलाएको छ ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिद्वारा गठित केन्द्रीय अनुशासन समितिको पहिलो बैठक शुक्रबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बोलाइएको हो ।

विशेष महाधिवेशनबाट चयन भएको कार्यसमितिले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा गठन गरेको समिति सदस्यमा धना खतिवडा र सुवासकुमार पोखरेल रहेका छन् ।

पार्टीका तर्फबाट मुलुकभर बागी उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्ने बैठकको मुख्य एजेन्डा रहेको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशभर कांग्रेसका ३ जनाले बागी उम्मेदवारी दिएका छन् ।

उनीहरूलाई एकपटक अनुशासन समिति बैठक बसेर समय तोकेर आग्रह गर्ने र त्यो समयमा उम्मेदवारी फिर्ता नगरे अर्को बैठक बसेर कारबाही गरिने पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्