५ हजार ४१० थान चस्मा बरामद



काठमाडौँ । प्रहरीले बेवारिसे अवस्थामा ५ हजार ४१० थान चस्मा बरामद गरेकाे छ। आइतबार मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ९ घोघापुलबाट प्रहरीले बरामद गरेको हो ।

१४ वटा पोकाहरू अन्दाजी ५ लाख ४१ हजार बराबरको ५ हजार ४१० थान चस्माहरू, घोघापुलबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारेको हो ।

मोरङका प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार बरामद चस्माहरू आवश्यक कारबाहीको लागी भन्सार कार्यालय रानी, विराटनगरमा बुझाइएको छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्