पासोमा परेको चितुवा मर्यो, कर्मचारी घाइते
अर्घाखाँची । अर्घाखाँचीमा पासोमा परी घाइते भएको चितुवा मरेको छ ।
मालारानी गाउँपालिका–३, टुनीपोखरीमा स्थानीयले वन्यजन्तुलाई थापेको पासोमा परेर एक चितुवा घाइते भएको थियो । घाइते चितुवालाई उद्धार गरी उपचारका निम्ति अर्घाखाँची जिल्ला वन कार्यालयमा लगिएको थियो ।
उपचारका क्रममा सोमबार दिउँसो चितुवा मरेको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले जानकारी दिए ।
चितुवाको उद्धार गर्ने क्रममा वन कार्यालयका कर्मचारी नमलाल श्रेष्ठ घाइते भएका छन् । उनको उपचार भइरहेको छ ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार
















