नेकपा एमालेले आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै



झापा। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चुनावी प्रतिवद्धता सार्वजनिक गर्दैछन्।

झापा ५ का उम्मेद्वार समेत रहेका अध्यक्ष ओलीले दिउँसो ३ बजे दमक ९ स्थित अमरसिंह चौकमा प्रतिवद्धता पत्र सार्वजनिक गर्न लागेका हुन्।

प्रतिवद्धता पत्रमा नेपालमा कम्युनिष्ट पार्टीको स्थापना, एमालेको नेतृत्वमा गठन भएका सरकारले गरेका कामको पृष्ठभूमि, सरकारले थालेका तर अपूरा रहेका योजनाको विस्तृत विवरण समेटिएको ओलीको निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालले बताए ।

निर्वाचन प्रचारका क्रममा रहेका अध्यक्ष ओलीको आज दमक ३ स्थित दुम्से, टुकुरेमा प्रचारप्रसारको कार्यक्रम छ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्