कपिलवस्तुको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला
बुटवल । कपिलवस्तुको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेका छ । जिल्लाको गोरुसिङ्गे बनगाई सडक अन्तर्गत ड्राई नाला नजिक, बर्गदीघाट पुल र शिवराज नगरपालिकाको वनकसबासा क्षेत्रमा शङ्कास्पद वस्तु फेला परेको कपिलवस्तुका प्रहरी नायब उपरक्षक दीपेन्द्र कुमार सिंहले जानकारी दिए।
ड्राइलाला नजिक नेपाली सेनाको टोली पुगिसकेको छ । अन्य बर्गदी, वनकसबास क्षेत्रमा सेना पुग्ने क्रममा रहेको प्रहरीले जनाएको छ।
प्रहरीले नेकपा बहुमतले आज नेपाल बन्दको आह्वान गरेकोले सोही पार्टीले शङ्कास्पद बस्तु राखेको हुनसक्ने आशङ्का गरेको छ।
प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार
















