टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव
बनेपा । बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।
बुधबार बिहान बागमती प्रदेश–०१– ००४ क ३४२३ नम्बरको टिपरले बनेपा टेलिकम चोकमा स्कुटरलाई ठक्कर दिँदा अन्दाजी ३० वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनापछि आक्रोशित सर्वसाधारणले टिपरमा आगजनी गरेका छन् भने प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको छ ।
दुर्घटनाका मृतकको सनाखत हुन सकेको छैन । मृतकको शव बनेपास्थित शीर मेमोरियल अस्पतालमा राखिएको छ ।
यस्तै दुर्घटनामा अर्का एक जना पनि घाइते भएका बनेपा प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार
















