धर्मेन्द्र बास्तोलासहित २ जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार उनलाई सुन्धाराबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।
बास्तोलासँगै उनको पार्टीको काभ्रे जिल्ला सेक्रेटरी विष्णु प्रसाद तिम्सिना पनि पक्राउ गरेका छन् ।
नेकपा (बहुमत)ले फागुन २१ मा हुन लागेनको निर्वाचनको विरोध गर्दै आएको छ । मंगलबार नेकपा (बहुमत)ले नेपाल बन्दकाे घाेषणा गरेकाे थियो।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार
















