रास्वपा छोडे लगत्तै कांग्रेस प्रवेश गर्दै ममता शर्मा
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता शर्मा पार्टीबाट राजीनामा दिए लगत्तै कांग्रेस प्रवेश गर्ने भएकी छन्।
बुधबार जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा शर्मा औपचारिक रूपमा कांग्रेस प्रवेश गर्न लागेकी हुन् ।
संस्थापक सभापति शर्माले आज एक विज्ञप्ति जारी गर्दै ममताले साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी थिइन् ।
शर्माले पार्टीमा इमानदार व्यक्तिहरूको मूल्यांकन नभएको र मधेसमा टिकट वितरणमा आर्थिक अनियमितता भएको आरोपसमेत लगाएकी थिइन् ।
२०७९ साल साउन १० गते रास्वपा प्रवेश गरेकी शर्माले आफ्नो योग्यता, क्षमता र समय समर्पित गर्दै निरन्तर योगदान पुर्याउँदै आएकी थिइन् ।
तर, फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनसम्बन्धी पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय र कार्यशैली पार्टीको मूल्यमान्यतासँग विपरीत रहेकोले पार्टीबाट राजीनामा दिएको शर्माको भनाई छ।
प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार
















