भारतबाट आएका ५३८ वटा गाडी कहाँ–कहाँ वितरण गरियो ?



काठमाडौँ । यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ । हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन्।

भारतले अनुदान सहयोगमा प्रदान गरेका गाडीहरू निर्वाचनमा प्रयोग गरिँदै छ । भारत सरकारले प्रदान गरेको गाडीहरू सुरक्षा निकाय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालयहरूलाई दिइएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) आनन्द काफ्लेले बताए।

पाँच सयभन्दा बढी गाडी जलेको प्रहरीले कसरी दिँदै छ सुरक्षा ?
पाँच सयभन्दा बढी गाडी जलेको प्रहरीले कसरी दिँदै छ सुरक्षा ?
भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप आएको छ । तीमध्ये सरकारले निर्वाचन आयोगलाई ८७ वटा गाडी निर्वाचन प्रयोजनको लागि दिएको छ ।

सुरक्षा निकायलाई २९८ वटा गाडी प्रदान गरिएको छ । नेपाल प्रहरीका प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेका अनुसार भारतबाट आएको १९५ वटा गाडी गृह मन्त्रालयले प्रहरी प्रदान कार्यालयलाई उपलब्ध गराएको छ । ती गाडीहरू काठमाडौँ उपत्यका र उपत्यका बाहिरका युनिटमा पठाइने डीआईजी काफ्लेले बताए।

निर्वाचनका लागि सशस्त्र प्रहरीले ५९ वटा सवारी साधन किन्दै
निर्वाचनका लागि सशस्त्र प्रहरीले ५९ वटा सवारी साधन किन्दै
सशस्त्र प्रहरी बललाई ९३ वटा र राष्ट्रिय अनुसन्धान विभागलाई १० वटा गाडी प्रदान गरिएको छ । गृह मन्त्रालयले ईलाका प्रशासन कार्यालय, कारागार कार्यालयहरू र जिल्ला प्रशासन कार्यालयलाई गाडी उपलब्ध गराएको छ ।

गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा गाडी आगजनी भएका जिल्ला प्रशासनहरूलाई धेरै सङ्ख्यामा गाडी दिइएको छ । प्रदर्शनको असर नपरेको प्रशासन कार्यालयलाई पनि गाडी दिइएको छ ।

नेपाल प्रहरीद्वारा ८५ पिकअप गाडी खरिदका लागि बोलपत्र आह्वान
नेपाल प्रहरीद्वारा ८५ पिकअप गाडी खरिदका लागि बोलपत्र आह्वान
निर्वाचनमा प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागले ३७७ वटा गाडी खरिद प्रक्रिया अघि बढाएका छन् । प्रहरीले खरिद गरेको १० वटा इलेक्ट्रिक गाडी आइपुगेको छ ।

अरू ७५ वटा गाडी पनि निर्वाचन अघि नै आइपुग्ने डीआईजी काफ्लेले बताए । थप १ सय वटा गाडी खरिद गर्न प्रहरीले टेण्डर प्रक्रिया अघि बढाएको छ ।

चुनाव सुरक्षा : थप १०० वटा गाडी किन्दै प्रहरी

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्