एनसेलले फुडमान्डुसँगकाे सहकार्यमा ल्यायो खानाका परिकारमा छुट अफर



काठमाडौं, ६ फागुन । एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ, जसले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्दछ ।

यो अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारकोअर्डरमा रु. १५० को छुट पाउँछन् ।फागुन ५ देखि सञ्चालनमा आएको यो अफरमा, रु. ९९ वा सोभन्दा बढी मुल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले रु. १५० छुटको कुपन प्राप्त गर्दछन् ।

यो कुपन फुडमान्डुमा रु. १,००० वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ  ।एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् ।ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्