आज यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमा महाशाखाका अनुसार हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
तराईका केही ठाउँमा तुवाँलो लागेको भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भागमा आंशिक बादल लागेको छ । बाँकी भागमा मौसम सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराईका केही ठाउँमा हुस्सु लाग्नेछ । हिमाली भेगमा साधारणतया बादल लाग्नेछ । पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भागका केही ठाउँमा तथा बाँकी पहाडी र हिमाली भागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति तराईका केही ठाउँमा तुवाँलो रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशलगायत बाँकी हिमाली भागमा बादल लाग्नेछ । मधेश प्रदेश तथा बाँकी पहाडी भागमा आंशिक बादल रहनेछ र बाँकी भागमा मौसम सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागका एक÷दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार







