सर्लाहीमा तीनवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते



सर्लाही । सर्लाहीमा तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा बुधबार राति भएको दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने ३० वर्षीय मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूको मलंगवास्थित प्रादेशिक अस्पताल उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका–९ बस्ने २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् ।

उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै तीनवटै मोटरसाइकल पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्