रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा



दाङ । तुलसीपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले नेकपा (एमाले)को चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका छन् ।

बिहीबार राति रास्वपा सभापति रवि लामिछानेको स्वागतका लागि बसेका कार्यकर्ताले एमालेको चुनाव चिन्ह ‘सूर्य’ अंकित झण्डा जलाएका हुन् ।

झण्डा जलाउँदै उनीहरुले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेको थिए । झण्डा जलाएको भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्