१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
इलाम । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा माङसेबुङ गाउँपालिका–३ घर भएका २० वर्षीय सिलाओ लिम्बु रहेका छन् ।
लिम्बुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बाँझोबाट खटिएको प्रहरीले उनलाई बुधबार राति पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार












