संखुवासभामा ४.१ रेक्टरस्केलको भूकम्प



सङ्खुवासभा । सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७ः३१ बजे ४.१ रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पले के कति असर पुर्‍यायो भन्ने यकिन जानकारी प्राप्त भएको छैन।

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्