हिमालय एयरलाईन्सको दुबईमा सिधा उडान शुरु



काठमाडौं, वैशाख १५
नेपालको निजी वायुसेवा कम्पनी, हिमालय एयरलाईन्सले काठमाण्डौँ–दुबई सिधा उडान सुरु गरेको छ ।  तीव्र गतिमा अघि बढिरहेको एयरलाइन्सले दुबईका लागि हप्तामा ३ दिन, सोमवार, बुधवार र शुक्रवार उडान गर्ने तिन वटा एअरवस A-320-214  मध्ये एउटा एअरवस यस मार्गमा सच्चालन गर्नेछ, जसमा ८ वटा विजनेस क्लास र १५० वटा इकोनोमी क्लास नियमित आधारमा विभाजित गरेको छ ।

हिमालय एअरलाईन्सका उपाध्यक्ष विजय श्रेष्ठ भन्नुहुन्छ  “दुबईको दैनिक उडान प्रारम्भ गर्नु हिमालय एअरलाईन्सको लागि एक महत्वपूर्ण उपलब्धि हो ।

सो एअरलाईन्सले मध्य (पूर्व क्षेत्रबाट पर्यटकहरुको आगमन र बहिगर्मनमा थप बढावा प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौ ।

काठमाण्डौँ(दुबई बीच निरन्तर सेवा प्रदान गर्ने हाम्रो पूर्वनिर्धारित लक्ष्य थियो जसलाई प्राप्त गर्दा हामी अत्यन्त उत्साहित भएका छौ, यसले युएईमा हाम्रो उडान सच्चालनलाई अझ मजबूत तुल्याउने छ ।”

उक्त कम्पनीले काठमाण्डौ ( दुबई (काठमाण्डौको लागि आकर्षक टिकटदर कायम गरेको छ ।  एअरलाईन्सले Fishtail Travel and Tourism LLC दुबईलाई युनार्ईटेड अरव अफ इमिरेट्सको लागी जेनरल सेल्स एजेन्ट छनोट गरेको छ ।

जेनरल सेल्स एजेन्टका रुपमा यसले एअरलाईन्सको बजार विस्तार, रिजर्भेसन र टिकटसेवाको प्रतिनिधित्व गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News