तोलामा ३ हजार २ सय रुपैयाँले बढ्यो सुन



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा तीन हजार दुई सय रुपैयाँले बढेर तीन लाख १३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुन तोलाको तीन लाख १० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी १७० रुपैयाँले बढेर तोलामा ५ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

आइतबार चाँदी ५ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्