बालेन लक्षित ओलीको टिप्पणी– बच्चाबच्चीले ख्यालख्याल गरेजस्तो प्रधानमन्त्री बन्छु भन्दैछन्
काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन लक्षित अभिव्यक्ति दिएका छन् ।
आफैसँग चुनावी मैदानमा प्रतिस्पर्धा गर्न आएका बालेनलाई उनले ‘कतिपय मान्छेहरूले प्रधानमन्त्रीको उम्मेदवार बन्छु भनेर ख्यालख्यालजस्तो गरेको’ भन्दै टिप्पणी गरेका हुन् ।
झापा–५ मा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले आफ्नो क्षेत्रमा प्रतिस्पर्धामा रहेका रास्वपा वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै यस्तो बताएका हुन् ।
उनले बच्चाबच्चीलाई सोध्यो भने पनि ‘प्रधानमन्त्री बन्छु, राष्ट्रपति बन्छु’ भन्ने उनको भनाई थियो ।
चुनावी सभामा उनले भने–‘म सुन्छु प्रधानमन्त्रीका उम्मेदवार भन्ने कतिपय मान्छेले बच्चाबच्चीलाई सोध्यो भने, तिमि के हुने भन्यो भने प्रधानमन्त्री पनि भन्न सक्छ, राष्ट्रपति पनि भन्न सक्छ । तर, उ बन्ने होइन नि । त्यस्तै ख्याल ख्यालजस्तो लाग्यो मान्छेलाई, भनिदिए ।’
प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार
















