चन्द्र भण्डारी भन्छन् – समस्या राजनीति होइन, पात्रको नियत र चरित्र हो



काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीति स्वयं समस्या नभई राजनीति गर्ने व्यक्तिको नियत, क्षमता र चरित्र मुख्य विषय हुने बताएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले राजनीति नीति निर्माणको नीति–शास्त्र भएको उल्लेख गरेका हुन् । उनका अनुसार राजनीति आफैंमा सकारात्मक शक्ति हो, तर त्यसलाई कसले र कसरी प्रयोग गर्छ भन्ने कुराले परिणाम निर्धारण गर्छ।

भण्डारीले लेखेका छन्,’राजनीति नीति निर्माणको नीति शास्त्र हो। योग्य, इमानदार र दूरदर्शी व्यक्तिको हातमा परे— स्थिरता, विकास, शान्ति, पारदर्शिता र सुशासन जन्मिन्छ। तर अयोग्य, स्वार्थी र उत्तरदायित्वविहीन व्यक्तिको हातमा परे— व्यथिति, अराजकता र अविश्वास फैलिन्छ।’

उनले अन्ततः समस्या राजनीति नभई राजनीति गर्ने पात्रको नियत, क्षमता र चरित्र रहेको जिकिर गरेका छन्। ‘अन्ततः समस्या राजनीति होइन, राजनीति गर्ने पात्रको नियत, क्षमता र चरित्र हो, जुन हामीले भोगी रहेका छौँ,’ उनले टिप्पणी गरे ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्