आईजीपी कार्कीको पहिलो विदेश भ्रमण स्वीकृत
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पहिलो विदेश भ्रमण फ्रान्समा हुने भएको छ ।
इन्टरपोलको कार्यक्रममा भाग लिन उनी उनी आगामी महिना फ्रान्स जाने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको भ्रमण स्वीकृत गरेको हो। उनी चैत २५ देखि ३७ गते सो भ्रमणमा जाने भएका छन्।
कार्की गत कार्तिकमा आईजीपीमा नियुक्त भएका थिए ।
प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार
















