पूर्वमुख्यमन्त्री शर्मालाई सांसद पदबाट हटाइएकाे जानकारी



सुर्खेत । कर्णाली प्रदेशसभा सचिवालयले पूर्वमुख्यमन्त्री राजकुमार शर्मालाई प्रदेशसभा सदस्य पदबाट हटाइएको जानकारी गराएको छ । सचिवालयले बुधबार नेपाली कम्युनिष्ट पार्टीको पत्र पश्चात शर्मालाई सांसद पदबाट हटाइएको जानकारी गराएकाे हो।

शर्मा हाल प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध छन् ।‌ ४० प्रदेशसभा सदस्यीय कर्णालीमा अब ३९ सदस्य कायम भएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्