पाल्पामा टिपर दुर्घटना, चालकको ज्यान गयो



पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१, सिद्देश्वरबाट सर्देवातर्फ आउँदै गरेको लु२ख २००१ नम्बरको टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार कच्ची सडकखण्डमा गुडिरहेको टिपर अनियन्त्रित भई करिब २०० मिटर तल खसेको थियो। दुर्घटनामा परेर चालक ३४ वर्षीय खिमबहादुर सोमई गम्भीर घाइते भएका थिए।

रैनादेवी छहरा–३, भुवनपोखरी निवासी सोमईलाई तत्काल उद्धार गरी उपचारका लागि लुम्बिनी मेडिकल कलेज लगिएको थियो।

तर उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्