महराजगञ्जस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा
काठमाडौं । जेनजी आन्दोलनमा क्षती भएको भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमामा आएको छ।
भाटभटेनी सुपर मार्केट प्रालिले आजदेखि महाराजगंजमा भाट–भटेनी सुपर स्टोर औपचारिक रूपमा पुनः सञ्चालनमामा ल्याएको हो ।
भदौ २४ गतेको जेनजी आन्दोलनमा देशभरका १२ वटा आउटलेट भाटभटेनी आगजनीले पूर्णरुपमा नष्ट भएका थिए भने ९ वटामा लुटपाट र तोडफोड भएका थिए । प्रालीका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिएका छन्।
उक्त दिनको लुटपाट र आगजनीमा ११ अर्बभन्दा धेरै क्षति पुगेको थियो ।
करिब ५० करोडभन्दा धेरैको सामग्री चोरी हुनुका साथै प्रयोगमा ल्याउन नसकिने गरी तोडफोड भएको भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङको भनाइ छ।
करिब ६ महिनासम्मको मर्मत तथा पुनर्निर्माण कार्यपछि भाटभटेनी ट सर्वसाधारणका लागि पुनः खुला गरिएको हो।
प्रालिले यसअघि कोटेश्वरको भाटभटेनी सञ्चालनमा ल्याएको थियो।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार
















