सुधन गुरुङ सदन जाला भनेर भ्रष्टाचारीहरूको अहिले नै जिउ कामेको छ: रवि लामिछाने
गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाले बहुमत नल्याए भ्रष्टाचारीहरू खुसी हुने बताएका छन् ।
बिहीबार चुनावी सभालाई सम्बोधन गर्न गोरखा पुगेका सभापति लामिछानेले भ्रष्टाचारीहरूलाई खुसी नपारेर घण्टीमै भोट हाल्न आग्रह गरेका हुन् ।
उनले भने- भोट बाँडियो भने सिट बाँडिन्छ। सिट बाँडियो भने रास्वपाले बहुमत ल्याउँदैन। रास्वपाले बहुमत ल्याएन भने सबैभन्दा बढी खुसी यस देशका भ्रष्टाचारीहरू हुनेछन्। तिनलाई खुसी पार्ने होइन, तिनलाई घण्टी बजाउने हो।फागुन २१ गते भोट खसाल्ने मात्रै नभई इतिहास लेख्ने दिन
फागुन २१ गते भोट खसाल्ने मात्रै नभई इतिहास लेख्ने दिन भएको उनले बताएका छन् ।
उनले भने, ‘सुधन गुरुङ संसद्मा जान्छ की भनेर भ्रष्टाचारीहरूको अहिलेदेखि नै जिउ कामेको छ,। तर हामी सुधन गुरुङलाई यसपटक सदन लिएरै जान्छौँ।’
उनले गोरखा १ बाट सुधन गुरुङ र २ बाट कविन्द्र बुर्लाकोटीलाई जिताएर पठाउन आग्रह समेत गरेका छन्।
प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार
















