रास्वपा कास्कीका नेता राजु राईले पनि छाडे पार्टी



पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीका नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमार्फत राईले राजनीति इमानदारले मान्छे गर्ने काम नभएको भन्दै पार्टी छाडेको घोषणा गरेका हुन् ।

‘राजनीति भनेको सोझो र इमान्दारिले गर्ने काम होइन रहेछ ? आजबाट राजनीति र पार्टीको लागि ! कौडी पैसो र !सेकेन्ड समय पनि खेर फाल्ने छुइनँ रु स्वतन्त्र नागरिक भएर समाज सेवा मा लाग्नेछु,’ राईले फेसबुकमा लेखेका छन् ।

०७९ को निर्वाचनमा कास्की १ बाट लडेका राईले १० हजार ९४१ मत ल्याएका थिए ।

त्यहाँ जित्ने एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८, दोस्रो हुने कांग्रेसका किशोर दत्त बरालले २३ हजार १८९ मत ल्याउँदा राई तेस्रो भएका थिए ।

अहिले पनि टिकटको आकांक्षी रहेका राईराईलाई टिकट नदिएर रास्वपाले स्थानीय तह निर्वाचनमा अटेरी अभियान चलाउँदै लौरो चिह्न लिएर पोखराको मेयर उठेका खडकराज पौडेललाई उम्मेदवार बनाएको छ ।

हालसम्म टिकट वितरणमा आर्थिक चलखेल र मनपरी भएको भन्दै एक दर्जन भन्दा बढी रास्वपाका नेताहरूले पार्टी छाडिसकेका छन् ।

प्रकाशित मिति: १४ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्