सुनको मूल्य सामान्य घट्यो, चाँदीको बढ्यो
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ ।
आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर तीन लाख १४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बिहीबार सुन तीन लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार
















