राति ९ बजेपछि सम्पूर्ण व्यवसाय सञ्चालनमा रोक



काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले रात्रिकालीन व्यवसाय सञ्चालनमा समय सीमा तोकेको छ ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलतालाई मध्यनजर फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेपछि सम्पूर्ण व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

‘निर्वाचन सुरक्षालाई मध्यनजर गरी काठमाडौँ जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायहरू फागुन १८ देखि अर्को निर्णय नभएसम्मका लागि राति ९ बजेसम्मको लागी मात्र सञ्चालन गर्ने र त्यसपछि सम्पूर्ण व्यवसायहरू बन्द गर्न, गराउनुहुन सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

जसअनुसार काठमाडौं जिल्लाभित्र सञ्चालन हुने होटेल, रेस्टुरेन्ट लगायतका सम्पूर्ण रात्रिकालीन व्यवसायहरू अर्को निर्णय नभएसम्मका लागि राति ९ जबेसम्म मात्र सञ्चालन गर्न पाइने छन् ।

प्रकाशित मिति: १५ फाल्गुन २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्