अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं, फागुन १७ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ ।
भारतीय आयल कर्पोरेसनबाट शनिबार राति प्राप्त नयाँ खरिद मूल्य अनुसार इन्धनको मूल्य बढेर आएको हो ।
नयाँ सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ दशमलव ०९, डिजेलमा २ दशमलव ४७ र एलपी ग्यासमा प्रतिसिलिन्डर र १८ दशमलव ५८ रुपैयाँले वृद्धि भएको थियो। साथै, हवाई इन्धनमा पनि प्रतिलिटर ५ दशमलव ९८ ले मूल्य बढेर आएको छ ।
अन्तर्राष्टिय बजारमा मूल्य बढेपनि नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमलाई हुन सक्ने सम्भावित घाटा सहेर पनि मूल्य वृद्धि नगरेको जनाएको छ । बैठकले साबिककै खुद्रा बिक्री मूल्य कायम राख्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार
















