कांग्रेसले आज काठमाडौं उपत्यकाका ६ स्थानमा चुनावी सभा गर्दै



काठमाडौं । नेपाली कांग्रेसले आज काठमाडौं उपत्यकाका ६ ठाउँमा चुनावी सभा गर्ने भएको छ ।

चुनावी सभामा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने भएका छन् ।

चुनावी सभा दिउँसो १ बजे काठमाडौं १० को कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।

दिउँसो २ बजे भक्तपुरको ठिमी र दिउँसो ३ बजे बालाजुमा हुने कांग्रेसको चुनावी सभामा पार्टी उपसभापति शर्माले सम्बोधन गर्ने छन् ।

यसैगरी, दिउँसो ३ः३० बजे काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ र ६ को संयुक्त चुनावी सभा सभामुखी चोकमा हुनेछ । यस्तै, दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा चुनावी सभा हुनेछ । उक्त चुनावी सभालाई पनि मा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन् ।

काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले जिल्ला सदस्य हिमाल कार्की, भक्तपुर २ मा कांग्रेसले वरिष्ठ पत्रकार कविर राणा, काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा युवा नेता प्रमोदहरि गुरागाईँ, काठमाडौं– ५ मा महामन्त्री प्रदीप पौडेल, काठमाडौं– ६ मा जिल्ला सभापति सबुज बानियाँ, काठमाडौं ४ मा चर्चित क्रिकेट कमेन्टेटर तथा युवा नेता सचिन तिमल्सेनालाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्