यूएईमा इरानी आक्रमणमा परि मृत्यु हुने नेपाली गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ



काठमाडौं । मध्यपूर्वको तनावकाबीच संयुक्त अरब इमिरेट्सको अबुधाबी (यूएई) मा मृत्यु हुने नेपालीको पहिचान खुलेको छ ।

यूएई (दुबई) स्थित नेपाली दूतावासले दिएको जानकारी अनुसार मृत्यु हुने नेपालीमा गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेका छन् ।

उनी दुबईको मिडिल एस्ट कम्पनीमा सेक्यूरिटी कम्पनीमा कार्यरत रहेको दूतावासले जनाएको छ ।

ईरान–इजरायल–अमेरिकाबीचको तनावकाबिच ईरानले दुबईका विभिन्न स्थानमा आक्रमण गरिरहेको छ ।

परिस्थिति सहज भएपछि श्रेष्ठको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता ल्याउन आवश्यक सम्पूर्ण सहजीकरण गर्ने दूतावासले जनाएको छ।

यसैबीच, दूतावासले यूएईमा रहेका नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न र यूएई सरकारले जारी गरेका सुरक्षा मापदण्डहरू पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

प्रकाशित मिति: १८ फाल्गुन २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्