महाराजगन्ज र नैकापमा दुई गाडीमाथि आगजनी, घटनास्थलमा दुर्गा प्रसाईं समूहको पर्चा फेला



काठमाडौं । जिल्लाको महाराजगन्ज र नैकापमा दुई गाडीमा आगजनी गरिएको छ ।

नैकापमा सिप्रदी ट्रेडिङ कार्यालय नजिकै बिएए २८३६ नम्बरको टोयोटा कार र महाराजगन्जस्थित राजधानी पेट्रोल पम्पनजिकैबा.७ च १४०१ नम्बरको मारुती भ्यानमा आगजनी गरिएको हो ।

बिहीबार हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन बिथोल्न सक्रिय समूहले आगजनी गरेको आकलन गरिएको छ ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीमा दुर्गा प्रसाईंको पर्चा फेला परेको बताएका छन् ।

आगजनीबाट दुवै सवारी साधनमा क्षति पुगेको छ । घटनामा संलग्नको खोजीका लागि प्रहरीले अपरेसन सुरु गरेको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्