सुनको मूल्य निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोकार ?



काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्