काठमाडौं–४ मा गरे कांग्रेस सभापति गगन थापाले मतदान
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौं–४ मा मतदान गरेका छन् । उनले मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन् ।
काठमाडौं–४ सभापति थापा चुनाव लड्दै आएको क्षेत्र हो । यसपालि कांग्रेसले यहाँ युवा नेता सचिन तिमल्सिनालाई उम्मेदार बनाएको छ ।
सभापति थापा आफू सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार
















