बालेनलाई लिएर झापाका लागि उडेको हेलिकोप्टर किन भयो काठमाडौं फिर्ता ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’लाई लिएर झापाका लागि उडेको हेलिकोप्टर पुनः काठमाडौं फर्काइएको छ ।
बालेनले आज बिहान काठमाडौंको सिनामंगलस्थित अन्नपूर्ण ईंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका थिए । उनी काठमाडौं २ का मतदाता हुन् ।
मतदानपश्चात उनी आफू उम्मेदवार रहेको झापा ५ का लागि प्रस्थान गरेका थिए । तर, उनी सवार हेलिकोप्टर झपामा ल्याण्न हुन सकेन ।
हेली एभरेस्टको नाइन एन एओबी (काठमाडौं–झापा) उडान मार्फत बालेनलगायत ०५ सदस्यीय टोली झापा प्रस्थान गरेको थियो ।
बालेनको हेलिकोप्टर १०ः१० मा काठमाडौं ल्यान्ड भएको बुझिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राविधिक वा निर्देशनका आधारमा नभएर आफैं फर्किएको बताए ।
खराब मौसमको कारण हेलिकप्टर पुनः डाइभर्ट भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको जनाइए पनि यथार्थमा भने फरक पाइएको छ ।
साहले हेलिकप्टर चढेर झापा क्षेत्र नम्बर ५ का मतदान केन्द्रहरू घुम्ने योजना बनाएपछि विरोध भएको बुझिएको छ।
उनको उक्त योजनालाई लिएर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसँग आपत्ति प्रकट गरेको बताइएको छ ।
विरोधपछि बालेन सवार हेलिकप्टर झापामा अतवरण नगरी काठमाडौं फर्किएको स्रोतको दावी छ ।
आजै कांग्रेस सभापति गगन थापा र नेकपा अध्यक्ष प्रचण्ड हेलिकोप्टरबाटै आ(आफ्नो निर्वाचन क्षेत्रमा पुगेका छन् ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार
















