मतदान केन्द्रमा खटिएका अधिकृत अचानक बेहोस



बारा । मतदान सुरु भए लगत्तै एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदान स्थलमा खटिएका कर्मचारी श्याम प्रसाद साह बेहोस भएका हुन् ।

अचानक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।
साथै उनको जिम्मेवारी सहायक निर्वाचन अधिकृतलाई दिइएको छ ।

यसअघि सर्लाहीमा पनि सर्लाहीको पर्सा गाउँपालिका–४ स्थित जिगडवा आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान अधिकृतको रुपमा खटिएका रघुनाथ महतो बेहोस भएका थिए ।

बेहोस भएपछि उनलाई प्रादेशिक अस्पताल मलंगवा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्