नुवाकोटमा २० प्रतिशत मतदान



काठमाडौँ । नुवाकोटमा २० प्रतिशत मतदान सम्पन्न भएको छ । बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ११ बजेसम्म २० प्रतिशत हाराहारी मतदान सम्पन्न भएको छ ।

नुवाकोटका मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यका अनुसार ११ः१५ बजेसम्म २० प्रतिशत हाराहारीमा मतदान भएको छ । जिल्लाभर निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेको आचार्यले जानकारी दिए ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्