मतदानपछि प्रतिक्रिया दिँदै हर्क साम्पाङले- जो हारे पनि लोकतन्त्रको हार हुनु हुँदैन



धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई ‘साम्पाङ’ले मतदान गरेका छन्।

बिहीबार धरान–१८ स्थित कार्मेल बोर्डिङ स्कुलमा पुगेर राईले मतदान गरेका हुन्।

धरान उपमहानगरपालिकाका पूर्वप्रमुखसमेत रहेका राईले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन्।

मतदान गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने- ‘जसले जिते पनि जनताले जित्ने हो। मैले जित्छु भन्ने कुरा मौन अवधि अघिसम्म मात्रै हो। जो हारे पनि लोकतन्त्रको हार हुनु हुँदैन। जनताले जित्नुपर्छ, लोकतन्त्रले जित्नुपर्छ।’

साम्पाङले निर्वाचनको परिणाम जे भए पनि लोकतन्त्र हार्न नहुने उल्लेख गरे।

१ लाख ५० हजार ३ सय ९३ मतदाता रहेको सो क्षेत्रमा बिहानैबाट मतदाताको उपस्थिति उल्लेख्य रहेको छ।

निर्वाचन अधिकृत दिव्यराज घिमिरेका अनुसार मतदान शान्तिपूर्ण तरिकाले भइरहेको छ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्