सर्लाहीको बलरा–४ मतदान केन्द्रमा तनाव, मतदान रोकियो



सर्लाही । सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा मतदान रोकिएको छ ।

नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिहरूबीच मतदाता सूची र मतदान प्रक्रियालाई लिएर विवाद हुँदा स्थानीय श्री प्राथमिक विद्यालयमा तनावको अवस्था सिर्जना भएको हो। रास्वपा उम्मेदवार अमरेशकुमार सिंह यो पालिकाका हुन् ।
घटनापछि प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सुरक्षाटोली घटनास्थल पुगेर अवस्था नियन्त्रणमा लिने तथा विवाद समाधान गर्ने प्रयास गरिरहेको छ।

यसअघि बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो । सीडीयो र प्रहरी प्रमुख पुगेर सम्झाएपछि मतदान सुरु भएको छ ।

प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्